बागलुङ। बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो करिब ४ः३० बजे जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बरेङबाट बागलुङ बजारतर्फ आइरहेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सबै घाइतेलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा भर्ना गरिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान थालेको जनाएको छ।










प्रतिक्रिया