काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेकी छन् । बैठक शुक्रबार (भोलि) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरू, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बोलाइएको छ । विशेषगरी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समन्वयका विषयमा छलफल हुने जनाइएको छ ।
निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सहकार्य र भूमिकाबारे साझा धारणा बनाउन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया