काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पावर–प्लेमा कमजोर सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर ब्याटिङमा आएको काठमाडौँले पहिलो छ ओभरमा दुई विकेट गुमाएर ३१ रन मात्र जोड्यो।
काठमाडौँका ओपनर बेन चाल्र्सवर्थ १९ रनमा खेलिरहेका छन् भने मिलिन्द कुमार एक रनमा क्रिजमा छन्। यसअघि राशिद खान सात रन बनाएर आउट भए भने ओपनर आकाश त्रिपाठी खाता नखोली पभेलियन फर्किए। पोखराका धनञ्जय लक्षणले दुवै विकेट लिए।
प्लेअफमा प्रवेश गर्ने सम्भावना जोगाइराख्न पोखरालाई जित अपरिहार्य छ। पाँच खेलमा दुई जित र तीन हारका साथ उसले चार अंक मात्र हासिल गरेको छ। काठमाडौँले भने छ खेलबाट आठ अंक बटुलेको छ, र यो उसको लिग चरणको अन्तिम खेल हो।










प्रतिक्रिया