काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनाएको हो।
विराटनगरका लोकेश बमले ३५ रन बनाए भने साम हेजलेटले २७ रन थपे। यी दुईले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हाले। बसिर अहमेदले २८ रन जोडे। मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे। दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले १२ रनमा आउट भए।
लुम्बिनीका शेर मल्लले चार ओभरमा तीन विकेट लिए। यससँगै शेर एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडी बने। अन्य विकेटहरू रूबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथले लिए।
विराटनगर पाँचौँ खेलमा आफ्नो जीतको खोजीमा छ। यसअघि टिमले पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्ससँग जित निकालिसकेको छ भने चितवन राइनोजसँग हार व्यहोरेको थियो।
लुम्बिनीले प्लेअफ सम्भावना बलियो बनाउन आजको खेलमा जितको दबाब छ। यसअघि लुम्बिनीले चार खेलमध्ये तीनमा हार बेहोरेको थियो।










प्रतिक्रिया