Logo

मुख्य समाचार

एमाले अन्तरपार्टी लोकतन्त्रको ‘च्याम्पियन’ भएको विष्णु पौडेलको दाबी



काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अन्तरपार्टी लोकतन्त्रको ‘च्याम्पियन’ रहेको दाबी गरेका छन्। प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँचौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नीतिसम्बन्धी विवादित मस्यौदा सार्वजनिक गरी अन्य पार्टीका नेतालाई समेत छलफलका लागि आमन्त्रण गरिएको उदाहरण प्रस्तुत गरे।

उपाध्यक्ष पौडेलले ११औँ राष्ट्रिय महाधिवेशनलाई नेतृत्व निर्माण गर्ने महाधिवेशनको रूपमा व्याख्या गर्दै मुलुकमा विकसित परिस्थितिबारे पर्याप्त छलफल गरेर सहमति गर्ने बताए। उनले महाधिवेशनले आगामी नीति र नेतृत्वको स्पष्ट दिशा तय गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ०३ बजे