Logo

समाचार

नलिनचोक हेलीप्याड भ्रष्टाचार प्रकरण : नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । भक्तपुरको नलिनचोकमा हेलीप्याड निर्माण क्रममा भएको भ्रष्टाचार प्रकरणमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतका अनुसार अधिकारी आफैँ कार्यालयमा उपस्थित भएपछि उनलाई पक्राउ गरिएको हो । सोही प्रकरणसँग सम्बन्धित थप कागजात संकलन र बयानका आधारमा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : २९ बजे