काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन्।
ग्रीन डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीबाट ८.०३९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगदसहित कुल ८.४६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कालिञ्चोक दर्शन लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
दुवै कम्पनीका प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण हुनेछन्।










प्रतिक्रिया