Logo

अर्थ

राष्ट्र बैंकले आजको लागि नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४३ रुपैयाँ ४८ पैसामा कारोबार




काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १६५ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा रहेको छ । स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा तथा बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा तोकिएको छ । क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा, सिंगापुर डलरको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ०९ पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा कायम छ । साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियालको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा तथा बिक्रीदर ४ रुपैयाँ ४१ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिंगेटको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनारको खरिददर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा, बहराइन दिनारको खरिददर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । ओमानी रियाल एकको खरिददर ३७१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ६८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदरमा कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : २७ बजे