काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई व्यवस्थित बनाउन नयाँ फोकल युनिट गठन गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत रहने उक्त युनिटले विदेशी लगानीसम्बन्धी सहजीकरण, नीतिगत समन्वय र सम्बन्धित सरकारी निकायहरूमाझको सहकार्य अघि बढाउने जिम्मेवारी पाउनेछ।
मन्त्रालयका अनुसार, नेपालमा लगानी प्रक्रियामा संलग्न विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्थाले बैंकिङ, कर–राजस्व र प्रशासनिक समन्वयका क्रममा भोग्ने समस्यामा युनिटले प्रत्यक्ष रूपमा सहजीकरण गर्नेछ। लगानीसम्बन्धी कार्यमा विभिन्न मन्त्रालय र नियामक निकायबीच आवश्यक समन्वय गर्दै लगानीमैत्री वातावरण निर्माणमा युनिट सक्रिय रहने बताइएको छ।
नयाँ संरचनाबाट विदेशी लगानी प्रवाहलाई सहज, पारदर्शी र द्रुत बनाउने अपेक्षा रहेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन्।










प्रतिक्रिया