काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बुधबार (कात्तिक २६) बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
हाल लघुवित्तको चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३ रुपैयाँ रहेको छ।










प्रतिक्रिया