काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
आज मंगलबार हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो ।
पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ ।
मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया