Logo

Breaking News 1

पश्चिमी वायुका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना


२१ आश्विन २०८२, मंगलबार  

46
Shares


काठमाडौं । पश्चिमी वायुका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : २९ बजे