Logo

Breaking News 1

वार्म अप खेलमा नेपाल कतारसँग १६ रनले विजयी



काठमाडौं । नेपालले दोस्रो वार्म अप खेलमा पनि जित हात पारेको छ । आईसीसी टी-२० विश्वकप छनोट खेल्न लागेको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।

कतारलाई सस्तैमा रोक्ने क्रममा करण केसीले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।  

यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।  

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ०६ बजे