Logo

Breaking News 1

दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो


१७ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।

चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ ।

चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो ।

तोकिएको अधिकतम हवाई भाडादर यस्तो छ ः
काठमाडौं–सिमरा ः ३,९७८ रुपैयाँ
काठमाडौं–भरतपुर ः ४,६४३ रुपैयाँ
काठमाडौं–जनकपुर ः ५,४७० रुपैयाँ
काठमाडौं–पोखरा ः ६,६३५ रुपैयाँ
काठमाडौं–तुम्लिङटार ः ७,६३० रुपैयाँ
काठमाडौं–राजविराज ः ८,२१० रुपैयाँ
काठमाडौं–भैरहवा ः ८,४६१ रुपैयाँ
काठमाडौं–सुर्खेत ः ९,०३० रुपैयाँ
काठमाडौं–विराटनगर ः ९,७८५ रुपैयाँ
काठमाडौं–भद्रपुर ः १२,११२ रुपैयाँ
काठमाडौं–नेपालगञ्ज ः १३,१०३ रुपैयाँ
काठमाडौं–धनगढी ः १७,५७९ रुपैयाँ
प्राधिकरणले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै स्वीकृत भाडादरबारे जानकारी लिएर मात्र टिकट काट्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १० : ५४ बजे