Logo

Breaking News 1

वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै


१४ आश्विन २०८२, मंगलबार  

138
Shares

काठमाडौं । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ ।

खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले सिरिजको उपाधि जितिसकेको छ ।

लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ ।
टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ३ : ३४ बजे