Logo

अर्थ

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ । सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ ।

आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : ५७ बजे