काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन भई बाँडफाँट समेत सम्पन्न भइसकेको छ भने अब स्थानीयतर्फको बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा जारी गरिएको यस आईपीओ अन्तर्गत कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्तापूँजीको २० प्रतिशत बराबर ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । यसअनुसार ३२ लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा जारी हुनेछ ।
जसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित स्थानीयलाई र ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले कुखुराका चल्ला, अण्डा, सुनौलो प्लेट दाना, माछा तथा बंगुरका लागि आवश्यक दाना उत्पादन गर्दै आएको छ । साथै, कृषकलाई प्राविधिक सहयोग प्रदान गर्ने र उत्पादन संकलन गरी बजारसम्म पु¥याउने काम पनि गर्दै आएको छ । नेपालकै पहिलो आइएसओ प्रमाणित एकीकृत कृषि व्यवसायको रूपमा स्थापित यो कम्पनी आर्थिक वर्ष ०७९८० देखि लगातार नाफामा छ ।
कम्पनीले ०७९र८० मा ३७ लाख ८० हजार, ०८०र८१ मा ५८ लाख ८२ हजार र गत आर्थिक वर्ष ०८१÷८२ मा २ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा आर्जन गरेको छ । हाल कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा रहेको छ ।
प्रतिक्रिया