Logo

मुख्य समाचार

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै



काठमाडौं । आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रियसभा अन्तरगत विधायन व्यवस्थापन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : ५६ बजे