Logo

ग्यालेरी

सूर्योदयसँगै देखिएको बर्दियाको गेरुवा नदी (फोटो फिचर)



गेरुवा नदी, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका क्षेत्रमा बगेको एक प्रमुख नदी हो । कर्णाली नदीबाट छुट्टिएर पूर्वी भागमा बग्ने यस नदीले बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम सिमाना तय गर्दछ र समिप क्षेत्रमा पर्ने जनजीवन र जैविक विविधतासँग गहिरो सम्बन्ध राख्दछ । बर्दिया राष्ट्रिय निकुञ्ज र यस आसपासका वन्यजन्तुको संरक्षणमा पनि गेरुवा नदीको भूमिका छ, जसले पर्यावरणीय तथा पर्यटनको दृष्टिले महत्व प्रदान गरेको छ ।बर्दिया जिल्लाको इतिहाससँग जोडिएको गेरुवा नदी क्षेत्र पुरातात्त्विक दृष्टिले पनि महत्वपूर्ण छ । यहाँका गाउँहरू पुरातन संस्कृतिको केन्द्र रहँदै आएका छन्, जहाँ मठमन्दिरहरू, दरबारका भग्नावशेषहरू र विभिन्न सांस्कृतिक स्मारक पाइन्छन् ।

तस्बिरःटार्जन लिम्बु /नेपाल न्यूज बैंक 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : १७ बजे