हेटौंडा, मकवानपुर । श्रमदान मकवानपुर अभियानअन्तर्गत आजदेखि हेटौंडा अस्पताल परिसरमा सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।
अभियानका संयोजक हरि खड्काका अनुसार सरसफाइको सुरुआत अस्पताल क्षेत्रबाट गरिएको हो । उनले अभियानमार्फत हेटौंडा तथा आसपासका क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए ।
उनका अनुसार सरसफाइमा अभियानका सदस्य, स्थानीय स्वयंसेवक र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ ।
भियानले आगामी दिनमा अन्य सार्वजनिक स्थानहरूमा पनि सरसफाइ, वातावरण संरक्षण र जनचेतनामूलक गतिविधि गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया