Logo

Breaking News 1

पहिचानसहित विभिन्न माग राख्दै विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा र्‍याली (फाेटाेसहित)



नेपाल आदिवासी जनजाति महासंघले ३१औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा बृहत् र्‍याली निकालेकाे छ ।

पहिचानसहित विभिन्न माग राख्दै उनीहरूले र्‍याली निकालेकाे हाे । भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, शहीदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो ।

र्‍यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित भएका थिए । विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ । 

फाेटाे/भिडियाे : बिजेन अमात्य, श्रीकृष्ण आचार्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  २ : १४ बजे