काठमाडौँ। दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा मनोज गजुरेल फर्किएका छन् ।
चारवटा एपिसोडमा नदेखिएका उनले मंगलबार नयाँ एपिसोडको छायांकन गरेका छन्। शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। मनोज गजुरेलको स्थानमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।
‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।
प्रतिक्रिया