काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे अर्थ समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ ।
बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल हुनेछ ।
त्यस्तै बिहान ८ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा सम्बन्धमा र समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया