दैलेखको भरवी गाउँपालिकामास्थित पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण गरेको छ । चिनियाँ कम्पनीले लामो समयको अनुसन्धानपछि ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने दावी गरिएको छ ।




दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ । आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि बताइएको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा यो नेपालको पहिलो पाइला रहेको बताइन्छ ।
प्रतिक्रिया