Logo

मुख्य समाचार

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित



काठमाडौं । लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ ।
यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन ।

लिग र कप डबल जितेको बार्सिलोनाले यो सिजन सबै प्रतियोगितामा गरी २० खेलमा पहिलो गोल खाएको छ । तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ ।

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे ।

परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे । ३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे । फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्यो ।
हान्सी फ्लिकको टोलीले बिहीबार प्रतिद्वन्द्वी एस्पानियोलमाथि २–० को जित निकालेर आफ्नो २८औं शीर्ष डिभिजनको उपाधि जितेको थियो ।

आयोजे पेरेजले निकोलस पेपेको क्रसलाई चौथो मिनेटमै गोलमा परिणत गर्दै भिल्लारियललाई अग्रता दिलाए ।‌ तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यसम्म अग्रता लिन सफल भयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ०५ बजे