Logo

मुख्य समाचार

सांसद पराजुलीले सम्झिए प्रेम आचार्यको आत्मदाह, उद्यारो असुली कानुनको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायलाई मर्यादित बनाउन उद्यारो असुली कानून बनाउन माग गरेका छन् ।

आइतबार जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उद्यारो व्यवसायलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौं व्यक्तिले जीवन त्यागिरहेको भन्दै उद्यारो असुलीको कानूनको माग गरेका हुन् ।

‘देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायी कारोबारलाई मर्यादित बनाउन उद्यारो कारोबारलाई कानूनी श्रृङखला भित्र जोड्नको लागि तत्काल उद्यारो असुली कानून बनाउनको लागि सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशनसहित ध्यानाकर्षण गराउदछु ।’

उनले २०७९ माग १० गते बानेश्वरचोकमा प्रेम आचार्यले आत्मदाह गरेको घटना सुनाउँदै असुली कानुनको अभाव कारण अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडामा परेको बताए । 

‘उद्यारो व्यवसाय भित्रको श्रृङखला हो । तर यसलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौँ प्रेम आचार्यहरु आज पनि चुपचाप जीवन त्यागिरहेका छन् । ठूला र घराना उद्योगी व्यवसायीहरुले पहँुचका कारण उद्यारो असुली गर्न सक्लान् । तर अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडा र उद्यारो असुलीका बारेमा कसले बोलिदिने सरकार,’ उनले भने ।  

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : २१ बजे