Logo

Breaking News 1

भारत र पाकिस्तानलाई शान्ति कायम राखि एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न जी-७ काे आग्रह



काठमाडाैं । जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।यो अपील दुई देशबीच तनाव बढिरहेको बेला आएको हो ।

क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

यसका साथै, जी-७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् । जी-७ को विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौं कि दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून्।’

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : १६ बजे