Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक : नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी रहने



काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ८ : ०२ बजे