Logo

Breaking News 1

भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने



काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन् ।

भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ भने,पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ ।

भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो ।

भारतले आक्रमण स्थानहरूलाई आतंकवादी पूर्वाधार भएको दाबी गरेको छ। उक्त आक्रमणबाट पाकिस्तानमा ९ जनाको मृत्यु र ३८ जना घाइते भएको समाचार आएको छ ।

पाकिस्तानको प्रतिकार कारबाहीमा ३ जना भारतीयको मृत्यु भएको जनाइएको छ भने पाकिस्तानी अधिकारीहरूले प्रतिकार कारबाहीमाभारतका दुई लडाकु विमानहरू खसालेको दाबी गरेका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : २५ बजे