काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत म्याद पाँच दिन थप गरिएको छ।
उनीमाथि अनुसन्धान आवश्यक रहेको भन्दै काठमाडौं जिल्ला अदालतले आइतबार हिरासत म्याद थप गर्ने आदेश दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले मिश्रविरुद्ध अनुसन्धान जारी राखेको जनाएको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहित केही व्यक्तिहरूलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो। प्रहरीले मिश्रले संसद भवनतर्फ अघि बढ्न प्रदर्शनकारीलाई उक्साएको आरोप लगाएको छ।
प्रतिक्रिया