काठमाडौं । प्रभु महालक्ष्मी विकास बैंक लिमिटेडले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री प्रक्रियामा ल्याएको हो।
कम्पनीका अनुसार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नाममा रहेको ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायको नाममा रहेको १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीको नाममा रहेको ७८ हजार ५०० कित्ता शेयर बिक्री गरिनेछ।
बैंकले उक्त शेयरहरू केवल विद्यमान संस्थापक शेयरधनीहरूलाई बिक्री गरिने स्पष्ट पारेको छ। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा खरिद गर्न चाहेको कित्ता उल्लेख गर्नु अनिवार्य छ।
यदि तोकिएको अवधिमा विद्यमान संस्थापकहरूबाट आवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई ती शेयर बिक्री गरिने बैंकले जानकारी दिएको छ।
आवेदन प्रक्रिया सम्बन्धी थप विवरण बैंकले निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया