काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा शर्मीला वाइवामाथि रड प्रहार भएको छ। प्रहारपछि उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ, तर अवस्था खतरामुक्त रहेको जनाइएको छ।
वाइवाले आफूमाथि एमाले कार्यकर्ता शर्मीला श्रेष्ठले रड प्रहार गरेको आरोप लगाएकी छन्। तर श्रेष्ठले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले रड प्रहार नगरेको स्पष्ट पारेकी हुन्।
प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा रड प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हाल वाइवाको काठमाडौंको बौद्धस्थित एक अस्पतालमा उपचार भइरहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया