काठमाडौं । नेपाली फिल्म ‘भाइमारा’ र टेलिचलचित्र ‘नन्दनी’को एकसाथ शुभमुहूर्त गरिएको छ ।
सोमबार काठमाडौंको बौद्ध नजिक रहेको जम्बुडाँडामा फिल्म र टेलिचलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्त पछि फिल्मका निर्देशक कैलाश अधिकारीले भाइमारामा नेपालको पश्चिम राप्तीमा घटेको सत्य घटनामा आधारित रहेर निर्माण गरिएको जानकारी दिए ।
सानोमा एउटै थालमा हारलुछ गरेर खाएर हुर्केको दाजुभाइ तर उमेर बढेपछि पैतृक सम्पत्ति माथिको छलकपट देखेर सहनै नसकेर चलचित्रमा उतारेको पनि उनले बताए । फिल्मका लागि कलाकारका रुपमा गीता श्रेष्ठलाई चयन गरिएको र अन्य कलाकारहरुको छनोट भइरहेको उनले जानकारी दिए ।
उनले भने,‘भाइमारा एउटा नेपालकै पश्चिम राप्तीमा घटेको घटना थियो । त्यो घटनालाई प्रत्यक्ष रुपमा उतार्न खोजेका हौं । सानोमा एउटै घरको दाजुभाइ एउटै थालमा हार र लुछ गरेर खाएर हुर्केको तर ठूलो भएपछि पैतृक सम्पत्ति माथिको छलकपट देखेर सहनै सकिन ।’
प्रतिक्रिया