काठमाडौं । सिरहाको औरहीलगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध काठमाडौंमा सडक संवाद गरिएको छ ।
मंगलवार राष्ट्रिय दलित पत्रकार, ओजस्वी मल्टी मिडिया गु्रप, एडवान नेपाल र जागरण मिडिया सेन्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिलेको अवस्थामा पनि देशभरी विभेदका घटना भइरहेको बताए । उनले देशैभरी जागरण अभियानका रुपमा दबाब र बहस गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘हामीले पटक पटक राजनीतिक परिवर्तन सँगसँगै कानुनी व्यवस्था पनि गरेका छौं । आयोग बनाएका छौं । तर अहिले पनि देशभरी विभेदका घटना उतिकै छन् । अन्याय, अत्याचार उतिकै छ । कम भएको होला अन्त्य हुन सकेको छैन ।’
उनले विभेदको विरुद्ध राज्य सक्रिय भएर नलागेको भन्दै कानुनको कार्यान्वयन फितलो देखिएको पनि बताए ।
यस्तै, पूर्वराज्यमन्त्री जितु गौतमले संविधानको कार्यन्वयनको सुस्त रुपमा अगाडि बढेपनि प्रभावकारी नभएको बताए ।
उनले भने, ‘कानून प्रभावित भएको छ । कानून कार्यान्वयनको अवस्थामा आएको छ । संविधान कार्यान्वयन सुस्त भएपनि अगाडि बढेको छ । जति कार्यान्वयन हुनुपथ्र्यो त्यो हुन सकेन । संविधानको मर्म, कानुनको दायरा अनुसार काम भएन् । यसमा राज्य गम्भीर र जवाफदेही बन्नुपर्छ ।’
प्रतिक्रिया