Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

बृष राशि
खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मिथुन राशि
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ।

कर्कट राशि
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्।

सिंह राशि
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। काम रोकिनाले मन खिन्न रहनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

कन्या राशि
काम रोकिनाले परिस्थिति केही असहज बन्नेछ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। व्यावहारिक समस्याले कामको मेसो मिलाउन नसकिएला।

तुला राशि
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

बृश्चिक राशि
भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। परिस्थितिले प्रतिपक्षीहरू नै सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ।

धनु राशि
काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ। अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ।

मकर राशि
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।

कुम्भ राशि
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मीन राशि
सुखद समाचारले उत्साह जगाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ४५ बजे