Logo

कर्पोरेट

एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि खुल्ने



काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ चैत २५ गतेदेखि निष्काशन गर्ने घोषणा गरेको छ। बैंकले १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरका ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ, जसमा ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता व्यक्तिगत लगानीकर्ताका लागि र ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २० लाख कित्ता सर्वसाधारणका लागि उपलब्ध गराइनेछ। सर्वसाधारणका लागि जारी हुने ऋणपत्रको ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइनेछ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ता आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन प्रक्रिया चैत २८ गतेमा बन्द हुने छिटोमा समाप्त हुनेछ भने ढिलोमा २०८२ वैशाख ८ गते बन्द हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १ : ०७ बजे