Logo

समाचार

गाडीको ठक्करबाट कमलामाई नगरपालिकाको सरसफाइ कर्मचारीको मृत्यु



रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिकामा सरसफाइ गर्ने एक कर्मचारीलाई आइतबार बिहान गाडीले ठक्कर दिँदा ज्यान गएको छ ।

सरसफाइको लागि बिहान कार्यालय तर्फ जाँदै गर्दा प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार साइकलमा सवार खपाङ्गीलाई झापाबाट काठमाडौँ जाँदै गरेको गाडीले कमलामाई नगरपालिका–६ रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते खपाङ्गीलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : ५१ बजे