Logo

अर्थ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


१५ चैत्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : २२ बजे