रौतहट । रौतहटमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइएको छ । हरेक बर्ष मार्च २४ तारिखका दिन क्षयरोग दिवस मनाउने गरिएको हो ।
२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएपछि यो दिवस मनाउन थालिएको उल्लेख छ । क्षयरोग दिवसको अवसरमा सोमबार गौरमा विहान प्रभातफेरी गरिएको छ ।
प्रभातफेरी प्रश्चत स्वास्थ्य कार्यालय रौतहटको सभाहलमा डा.रोबर्ट कोचको तस्बिरमा फुलमाला अर्पण गर्दै क्षयरोग सम्बन्धि वक्तित्वकला प्रतियोगिता संचालन गरि स्वास्थ्य कार्यालय रौतहटले विश्व क्षयरोग दिवस मनाएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन राजकुमार साहले बताए ।
उनका अनुसार वत्तृत्त्वकलामा उत्कृष्ट प्रदर्शन गर्दै रितिका श्रीवास्तव प्रथम भएकी छिन् भने नन्दनी साह दोस्रो र पवन गुप्ताले तेस्रो स्थान प्राप्त गरेका छन ।
वत्तृत्त्वकला प्रतियोगितामा सहभागीहरुलाई प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रौतहट तथा स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजनामा कार्यक्रम भएको क्षयरोग फोकल पर्सन साहले बताए ।
यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज उपचारको प्रबन्ध गराउने उद्देश्यका साथ क्षयरोग दिवस मनाउने गरिन्छ ।
यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया