काठमाडौं । गायिका मेलीना मैनाली र गायक कमल खत्रीलाई पुत्र लाभ भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा छोराको तस्बिर राख्दै गायक खत्रीले यो खबर सुनाउन पाउँदा खुसी लागेको बताएका छन् ।
उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ । पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ । मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ । ’
खत्रीले आजको दिन जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको र बाबु–आमा बन्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न गाह्रो भएको बताएका छन् ।
साथै खत्रीले यो समयमा सहयोग गर्ने सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद पनि भनेका छन्। माया, आशीर्वाद, र हौसला दिने सबैमा धन्यवाद दिएका छन् । कमल र मेलीना २०७९ असोज १६ गते वैवाहिक बन्धनमा बाँधिएका थिए ।
प्रतिक्रिया