पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् ।
महोत्सवको उद्घाटन पश्चात कलाकार दिया मास्केले नाटक नेपालमा लोकप्रिय हुँदै गएको भन्दै खुसी व्यक्त गरिन् ।
उनले भनिन्,‘नेपालमा नाटक लोकप्रिय छ, युवा पुस्ताहरु धेरै नै आकर्षित भएका छन् । दर्शनहरुमा पनि पुरानो पुस्ता भन्दा नयाँ पुस्ता देखिएको नेपालमा नै होला । यसले सकरात्मक प्रभाव परेको छ ।’
उनले नाटकप्रेमीहरुलाई नाटक नछुट्टाउन आग्रह गरिन् । यस्तै, पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरालाई नाट्यघरको आवश्यता रहेको र नाटक महोत्सवबाट पर्यटन व्यवसायलाई टेवा पुग्ने पनि बताए । उनले चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइनुका साथै विभिन्न विषयमा संवाद कार्यक्रमले पर्यटन वर्षलाई सघाउने बताए
प्रतिक्रिया