इलाम । रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ । गाउँपालिकाले एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरिएको छ । छनौट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो ।
बुधबार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय २१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवाटेवा प्रधान गर्ने घोषणा गरिएको छ ।
गाउँपालिका भित्र रहेका करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा एक सय २१ किसान छनौट गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
कृषि तथा पशुपंछी बिकास मन्त्री रामनाथ अधिकारी, तथा कोशी प्रदेश उधोग कृषि तथा सहकारी बिकास मन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्षले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गरेका हुन् ।
कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट पालिकाले जनाएको छ । गुरु किसान परिचय पत्र वितरण समेत गरिएको छ । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रुपमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनौट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ । पालिका छनौट भएका ‘गुरु किसान’ ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भूमिका खेल्ने पालिकाको कृषि सेवा शाखाले जनाएको छ ।
पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनौट गरिएको छ । क्रमश गुरु कृषक थप गर्दै लैजाने गाउँपालिकाको लक्ष रहेको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए । उनले अनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवद्र्धन गर्ने लक्ष रहेको जनाइएको छ ।
‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनिति लिइएको छ ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने । प्रशोधनमा नीजि क्षेत्रलाई प्रवद्धन गर्ने लक्ष लिइएको छ ।
संघीय सरकार अन्तर्गत योजना आयोगको पाँच करोड बिशेष अनुदानबाट तीनवटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको पनि उद्घाटन गरिएको छ । अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।
संघीय सरकारको अनुदानबाट करिव ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । त्यस्तै करिव ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिस भट्टराईले जानकारी दिए ।
यहाँका ब्यवसायिक र निश्चित मापदण्ड पुरा गर्ने किसानहरुबाट गुरु किसान छनौट गरिएको हो ।
कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको हो । गाउँपालिकामा बिशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ । त्यस्तै गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया