Logo

Breaking News 1

सुरू भयो यस वर्षको एसईई (फाेटाेफिचर)



माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

हरेक दिन परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भएको छ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । 

तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ९ : ५७ बजे