काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् ।
‘संविधान र लोकतन्त्रको पक्षधर पार्टी र सरकारले जनतामा देखेका निरासा आक्रोस र विरोधलाई नजरअन्दाज गर्नुहुदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको परिधीमा रहि लोकतन्त्रको बाटोबाट हेर्दा जनताले प्रश्न गर्नु उनीहरुको अधिकार हो । यसलाई आत्मसाथ गर्दै गम्भिर समिक्षा गर्नुपर्छ,’ उनले भने ।
उनले राजतन्त्र नआउने र आउन नदिने भन्दै उन्नत लोकतन्त्रको साथ अगाडि बढ्ने पनि बताए ।
प्रतिक्रिया