काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर स्पेसएक्सको ड्र्यागन क्याप्सुलमा सवार अन्य दुई अन्तरिक्ष यात्रीहरूसँगै पृथ्वीमा फर्किएका छन् ।
भारतीय समयअनुसार बिहान ३:२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो ।
सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए । त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् । बीबीसी
प्रतिक्रिया