रौतहट । यस वर्षको माध्यमिक शिक्षा(एसईई) परीक्षाको लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
जिल्ला भरीमा १ सय २७ वटा विद्यालयबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु परीक्षामा सामेल हुँदै छन् ।
एसईई परीक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२ छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख वीरेन्द्र जंग थापाले बताए ।
उनका अनुसार प्राविधिक र ग्रेड वृद्धि तर्फ गरी कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । माध्यमिक शिक्षा(एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले करिब ६ सय जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको इकाइ प्रमुख थापाले बताए । एसईई परीक्षाको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक,१९५ जना कार्यालय सहयोगि परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ ।
यस बर्षको एसईई परीक्षामा यहाँका ९९ वटा सामुदायिक विद्यालय , २० वटा संस्थागत विद्यालय , ८ वटा प्राविधिक विद्यालय र १ खुला सहित गरि १ सय २७ वटा विद्यालयको सहभागीता रहने भएको हो । एसईई परीक्षा चैत ७ गतेबाट हुन लागेको छ ।
प्रतिक्रिया