Logo

Breaking News 1

पूर्वपदाधिकारीसहित कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएका हुन् ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ०२ बजे