Logo

मुख्य समाचार

हेटौंडामा प्रचण्डको तस्विर जलाइयो



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विर जलाएका छन् ।

संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा आगो लगाएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहलगायतको उपस्थिति छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ०६ बजे