Logo

कर्पोरेट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न


३० फाल्गुन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओ (फ्रेश पब्लिक अफर) बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। यो प्रक्रिया शुक्रवार एनएमबि क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।

स्वरोजगार लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरेको थियो। उक्त शेयरमा १७ लाख ८० हजार ४५७ जना आवेदकले आवेदन दिएका थिए। आवेदकहरुले २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरको माग गरेका थिए।

एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ। यस प्रक्रिया अनुसार १९ हजार ५७७ आवेदकलाई १० कित्ता शेयर प्राप्त भएका छन्। यसै बीच, तीन भाग्यमानी आवेदकले थप एक कित्ता अर्थात् कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

एफपीओको नतिजा केही समय पछि बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र स्वरोजगार लघुवित्तको वेबसाइटबाट हेर्न सकिने छ। यसका अतिरिक्त, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट र मेरो सेयर एकाउन्टमार्फत पनि नतिजा जाँच गर्न सकिनेछ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  २ : १३ बजे