Logo

मुख्य समाचार

दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल


२७ फाल्गुन २०८१, मंगलबार  

92
Shares

रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन । उनले राजतन्त्रको समयमा राजनीति गर्नेहरुले दमन व्यहोर्नु परेको कुरा स्मरण गराएका हुन् ।

रौतहटको चन्द्रनिगाहपुरमा प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले अहिले त्यस्तो किसिमको पिडा राजावादीहरुले व्यहोर्नु नपरेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्र अध्यक्षको हैसियतले सरकारले सुरक्षा र संरक्षण दिदै आएको बताए । पूर्वराजालाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै उनले देशकै एक स्थान वाट अर्को स्थानमा जानु विशेष कुरा नभएको बताए ।

लोकतान्त्रमा जनताको बिचमा जाने र बिश्वास प्राप्त गर्ने अधिकार भएकाले आफुलाइ राजावादी भन्नेहरुले पनि पाटी खोलेर जनता माझ आएको र पटक पटक मन्त्री समेत भएको टिप्पणी गरे ।

अहिलेको संविधानमा बदलाब ल्याउन जुनसुकै दल वा राजावादीको इच्छा भए जनताको बिश्वास जितेर संसदमा दुई तिहाई ल्याउनु पर्नेमा उनले जोड दिए ।

सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सो संगठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारका लागि १ लाख रुपैँया प्रदान गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ११ : ०० बजे